News by: helpline
काठमाडौं । सहकारी ठगी प्रकरणमा नख्खु कारगारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने आवश्यक प्रक्रिया पूरा गरी आज रिहा हुन लागेका हुन् ।
रिहाइ प्रक्रिया पूरा गर्न लामिछाने काठमाडौंबाट हवाई जहाजबाट रुपन्देही गएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले विगो बराबरको रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।
सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,