News by: helpline
काठमाडौं । सहकारी ठगी प्रकरणमा नख्खु कारगारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने आवश्यक प्रक्रिया पूरा गरी आज रिहा हुन लागेका हुन् ।
रिहाइ प्रक्रिया पूरा गर्न लामिछाने काठमाडौंबाट हवाई जहाजबाट रुपन्देही गएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले विगो बराबरको रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।
सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने