23rd August 2026, Sunday

पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न सर्वाेच्चको आदेश

Post Image
5 दिन अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न आदेश दिइएको छ ।

सर्वोच्च अदालतले जनआस्था साप्ताहिका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठको हकमा उहाँकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

 श्रेष्ठलाई जनआस्था अनलाइनमा प्रकाशित तस्बिर तथा समाचारलाई लिएर व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले गत २७ साउन साझ पक्राउ गरेको थियो । त्यसपछि उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।

श्रेष्ठविरुद्ध जनआस्था अनलाइनमा प्रकाशित तस्बिर तथा समाचारले गोपनीयताको हक उल्लंघन भएको दाबी गर्दै जाहेरी परेको थियो । तर सर्वोच्चले उपलब्ध कागजात र दुवै पक्षको बहसपछि श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।



No ad available.


No ad available.