News by: helpline
काठमाडौं । नेकपा एमालेले निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने चेतावनी दिएको छ ।
पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै एमालेले त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग पनि गरेको छ । एमालेले सामाजिक सञ्जालको दुरूपयोग बढेकोप्रति पनि आपत्ति जनाएको छ ।
दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने चेतावनी एमालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन लक्षित गतिविधिमा प्रविधिको गैरजिम्मेवार प्रयोग र भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
शाहीले भन्नुभयो छ, ‘प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।’ यसैगरी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति पनि आपत्ति जनाएको छ ।
शाहीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने