24th December 2025, Wednesday

पूर्वसभामुख महरासँग ८ करोड ५५ लाख बिगो दाबी गर्दै अभियोग पत्र दर्ता

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै अदालतमा अभियोग पत्र दर्ता गरिएको छ ।

 सरकारी वकिल कार्यालयले पेस गरेको अभियोग पत्र काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले जानकारी दिएका छन् । महरासँग ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

 दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।

चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । महरा बिरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ ।



No ad available.


No ad available.