22nd October 2026, Thursday

पूर्वराष्ट्रपति भण्डारीको एमालेको राजनीतिमा पुनरागमन,वरिष्ठ नेताको सपथ

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ नेताको रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी संहाल्नु भएको छ ।

असोज पहिलो हप्ता बसेको एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारीमा चयन गरिएको थियो । बिहिबार पार्टीको स्थायी कमिटी बैठकका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ ।

पार्टीका अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उहाँ औपचारिक रूपमा जिम्मेवारीमा पुग्नुभएको हो । भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएको थियो ।

 उहाँको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उहाँको आगामी भुमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो । अन्ततः एमालेको उच्च तहमा उहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



No ad available.


No ad available.