News by: helpline
काठमाडौं । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ।
जबरालाइ आयतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो। जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि, उजुरीमा उल्लेखित विषय भने सार्वजनिक भएको छैन। जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०७८ फागुन १ गते जबरा विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।
महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवबाट महाभियोग निष्क्रिय भएको पत्र लेखिएको थियो । संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
२४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक