News by: helpline
काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिनुभएको छ ।
गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा. भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिनुभयो ।
शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि भट्टराईले आफू निरन्तर जनताको सेवामा लागिरहने भन्दै देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।
विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उहाँको भनाइ छ । त्यस्तै प्रलोपा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिनु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,