News by: helpline
काठमाडौं । पूर्व मन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनी खड्का ल्याण्डले स्काउटको जग्गा भाडामा लिएर त्यहाँ बनाएका संरचना काठमाडौं महानगरपालिकाकले भत्काएको छ । महानगरका अनुसार तीन रोपनी जग्गा भाडामा लिए पनि करिब १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय सञ्चालन गरिदै आएको थियो।
अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौताबमोजिमको भाडा नतिरे पछि खड्का ल्याण्डका भौतिक संरचनामा डोजर चलाइएको हो। त्यसक्रममा खेलकूदमन्त्री बब्लु गुप्तासहितको टोली लैनचौर पुगेका थिए। स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लागेपछि गत कात्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। बिहीबारसम्मको म्यादमा पनि भाडा नआएपछि महानगरपालिकाले ती संरचनाहरू भत्काएको बताइएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,