News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ।
पूर्वगृहमन्त्री लेखककी पत्नी यशोदा लेखकले दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।
‘यसमा के–कसो भएको हो निवेदकको मागबमोजिम किन आदेश जारी हुन नपर्ने? आदेश जारी हुन नपर्ने भए आधार र कारण तथा निवेदकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि २०७४ को ९(६) को पूर्वअवस्थाको विद्यमानता रहे, नरहेको समेत खुल्ने गरी बाटोको म्यादबाहेक सूचना पाएको तीन दिन भित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जबाफ पेस गर्नू,’ आदेशमा भनिएको छ।
गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको कारबाही सिफारिसका आधारमा भन्दै सरकारले गत शनिवार बिहानै तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,