News by: helpline
काठमाडौं । प्रहरी हिरासतमा रहनु भएका पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनु भएको छ ।
हिरासतमा रहनु भएका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । लेखकलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंले सर्वोच्च अदालतको आदेश अनुसार लेखकलाई रिहा गरेको हो ।
जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखकलाई यहि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो । गत भदौ २३ र २४ गतेको जेनजी–आन्दोलनमा लापरबाही गरेर युवाहरूको ज्यान गुमेको भन्दै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लेखकलाई आयोगले दोषी देखाएको थियो।
प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उहाँहरुलाई पक्राउ गरिएको थियो । सर्वोच्चले ओली र लेखकलाई मुद्दा दायर गर्न वा चैत २६ गतेसम्ममा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले चैत २३ गते ओली र लेखकको मुद्धा चैत २६ गतेसम्ममा टुंग्याएर रिहा गर्न आदेश दिएको थियो । लेखक १३ दिन हिरासतमा रहेर छुट्नु भएको हो ।
उहाँसँगै पक्राउ पर्नु भएका पूर्वप्रधानमन्त्री ओलीलाई त्रिबि अस्पतालमै प्रहरीले परिवारको जिम्मामा केहीबेर अघि छाडिसकेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक