16th April 2026, Thursday

प्रधानमन्त्रीद्वारा समानुपातिक संसादहरुलाई देशभरका आफ्नो क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान

Post Image
9 घण्टा अगाडी

News by: helpline

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा रहनुपर्ने उल्लेख गर्नुभयो। प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुनै भन्दै प्रधानमन्त्री शाहले समानुपातिक सांसद सदस्यले देशभर कै आफ्नो कलस्टरको समस्या लाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले देशभरको साझा सदस्य को रुपमा आबश्यक कानून निर्माणमा भूमिका निर्बाह गर्न पनि सक्रिय भएर लाग्न सांसदहरुलाई आग्रह गर्नु भयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई भन्नुभयो, "तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ।" ​प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिनुभयो। छलफलमा उठेका तात्कालिक विषयमा फलोअप गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि 'डिजिटल माध्यम' बाट सधैं खुला रहने उहाँको भनाइ थियो। ​
Post Image


No ad available.


No ad available.