22nd October 2026, Thursday

प्रधानमन्त्रीसंग भारतीय राजदूत श्रीवास्तबको बिदाई भेट

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाण्डौ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गर्नुभएको छ। ​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्नुभएको हो। भेटका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी गर्नुभएको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा बताउनुभएको हो। सो क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। भेटका अवसरमा शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिनुहुँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो। सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।

No ad available.


No ad available.