News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा बरिष्ठ नेता बालेन्द्र शाह(बालेन) लाई शपथ गराउने गरी तयारी अगाडि बढाएको छ ।
आज बिहिबार भएको पार्टीका शीर्ष नेताहरुबीचको छलफलमा चैत्र १३ गते प्रधानमन्त्री चयन गर्ने मिति तय गरेको हो । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।
पार्टीको तर्फबाट निर्णय भएपनि सरकार र अरु पक्षबीच पनि प्रधानमन्त्रीको शपथको विषय जोडिने हुँदा अन्तिम निर्णय भने थप छलफलबाट गरिने रास्वपाका नेताहरुको भनाई छ । प्रधानमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल गठनको विषयमा पनि सँगै छलफल भइरहेको रास्वपाका नेताहरुले बताएका छन् ।
नवनिर्वाचित सांसदहरुको शपथ चैत्र १२ गते हुने तय भैसकेको छ । त्यसपछि चैत १३ गते प्रधानमन्त्रीको सपथ हुने भएको हो । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाए लगत्तै रास्वपाका शीर्ष नेताहरु सरकार गठनको छलफलमा जुटेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,