22nd October 2026, Thursday

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकातर्फ प्रस्थान

Post Image
4 हप्ता अगाडी

News by: helpline

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।

 प्रधानमन्त्री शाह त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ । प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ ।

उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरन लगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ । असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ । असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान हुनुहुनेछ ।

 प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कनुहुने तालिका छ ।



No ad available.


No ad available.