25th February 2026, Wednesday

प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत छन सोङबीच भेट

Post Image
2 महिना अगाडी

News by: helpline

प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गर्नुभएको छ। आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको हो। भेटका क्रममा नेपाल¬ र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो। सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गर्नुभयो।  प्रधानमन्त्री कार्कीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सफल यात्राको कामना गर्नुभयो। साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाउनुभयो। चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने बिश्वास पनि उहाँले व्यक्त गर्नुभयो।



No ad available.


No ad available.