24th February 2026, Tuesday

प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु भएको छ । युवा पुस्ता जेनजीको आन्दोलन थप चर्किएपछि प्रधानमन्त्री ओलीले आज मंगलबार पदबाट राजीनामा दिनु भएको हो ।प्रधानमन्त्रीले राजीनामा दिएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनु भएको हो । ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको प्रधानमन्त्रीले  राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ  ।   जेनजीको आन्दोलन नियन्त्रण बाहिर पुगेको छ । 

सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि सरकारको सर्बत्र आलोचना भइरहेको छ ।



No ad available.


No ad available.