24th December 2025, Wednesday

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आह्वान

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सााझ सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि सरकारको सर्बत्र आलोचना भइरहेको छ । मंगलबार जेनजीको आन्दोलन थप चर्किएसँगै प्रधानमन्त्रीले साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ ।

अपिलमा भनिएको छ– ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको र त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान समेत गरेको छु ।’



No ad available.


No ad available.