News by: helpline
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले तेस्रो पटक मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।
जेनजी आन्दोलनको झण्डै डेढ महिनापछि प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको हो । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई जना मन्त्री डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको शपथ ग्रहण गराउनु भएको छ ।
प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी गर्नुभएको थियो । तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो । गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ भएन ।
प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने