News by: helpline
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । मन्त्री खरेलका अनुसार सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा रहेको शान्ति सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गर्नुभएको थियो । आगामी निर्वाचन, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा सङ्घीय तथा प्रदेश सरकारबिच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको पनि सञ्चारमन्त्री खरेलको भनाइ छ ।
खरेलले भन्नुभयो ,‘सात वटा प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको छ । अगामी निर्वाचन र सुशासन तथा भ्रष्टाचार नियन्त्रणको सवालमा प्रदेश सरकार र सङ्घीय सर कारबिच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ । मुख्यमन्त्रीज्यूहरुले चुनावको लागि प्रदेशस्तरमा कस्तो वातावरण छ भन्ने कुरा ब्रिफिङ भयो । सबै तहका सरकार मिलेर निर्वाचन सम्पन्न गर्न आआफ्नो भूमिका प्रभावकारी बनाउने सहमति पनि भएको छ ।
केही नीति, नियम र बजेट कार्यान्वयनका सम्बन्धमा अझै पनि छलफल जारी छ । छलफलमा मुख्यमन्त्रीज्युहरुले कानुनी र वित्तीय अल्झनहरुका बारेमा गुनासो राखेका छन् । यी अल्झन चिर्न उहाँहरूको सुझाव थियो । यसबारे प्रधानमन्त्रीले सकारात्मक रहनुभएको छ ।’
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने