24th February 2026, Tuesday

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनको सुरक्षा ब्यवस्था चुस्त बनाउन निर्देशन

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्था लगायतका विषयमा शुक्रबार जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाललगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराउनुभएको थियो ।

निर्वाचनको तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्था चुस्त बनाउन र निर्वाचनको तयारीमा पूर्ण रूपमा लाग्न सबै निकायलाई निर्देशन दिनुभएको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई गण्डकी प्रदेशमा भएको चुनावी तयारीबारे अवगत गराउने र उहाँको निर्देशन लिने काम भएको प्रमुख सचिव घिमिरेले बताउनुभयो ।

 “प्रदेशमा सुरक्षा संयन्त्रसहितको निर्वाचन सेल रहेको छ, यही सेलबाट भए गरेका गतिविधि उहाँलाई जानकारी गराइनुुका साथै उहाँबाट निर्देशन लिने काम भएको छ”, प्रमुख सचिव घिमिरेले भन्नुभयो । पोखरा विश्वविद्यलायको २१औँ दीक्षान्त समारोहको अवसर पारी प्रधानमन्त्री पोखरा पुग्नु भएको हो ।



No ad available.


No ad available.