14th April 2026, Tuesday

प्रधानमन्त्री कार्की सरकारी निवास बालुवाटार छोड्ने तयारीमा

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नुभएको छ ।

चैत १३ गते नयाँ प्रधानमन्त्रीकमा रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह (बालेन) ले सपथ गर्ने निधो भएसँगै प्रधानमन्त्री कार्कीले बालुवाटार छाड्ने तयारी गर्नुभएको हो । कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना निजी सामानहरु धापासीस्थित निजी निवासतर्फ सार्न थालिसक्नु भएको छ ।

नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण नजिकिँदै गर्दा उहाँको आफ्नो कार्यकाल समाप्त भएसँगै कार्की सरकारी निवास बालुवाटार र प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बिदा हुन लाग्नु भएको हो । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार १३ गतेसम्म बसाइ रहने भएकाले दैनिक प्रयोगका केही सामान भने बालुवाटारमै रहनेछन्, अन्य सामान भने क्रमशः सारिँदैछ।

नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण सम्पन्न भएसँगै कार्की स्वतः पदमुक्त हुनुहनेछ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि निर्वाचन गर्ने म्यान्डेड सहित कार्की प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।

निर्वाचनमा रास्वपाले झण्डै दुइतिहाइ मत हासिल गरेको छ ।



No ad available.


No ad available.