24th December 2025, Wednesday

प्रधानमन्त्री कार्की र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले आज आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ ।

लामिछानेले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्यको निर्वाचन लगायत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहकारी ठगीको आरोपमा कारागारमा रहनुभएका लामिछाने उच्च अदालतको आदेश बमोजिम धरौटी रकम जिल्ला अदालत रुपन्देहीमा बुझाएर गत शुक्रबार कारागारबाट छुट्नु भएको थियो। 

कारागारबाट छुटेपछि चितवनबाट आजै काठमाण्डौ आइपुग्नु भएका लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो ।



No ad available.


No ad available.