News by: helpline
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गर्नुभएको छ ।
सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई राख्दै बस्नेतले प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति भण्डारीबीच भएको भेट ’षड्यन्त्रको अर्काे खेल भएको दाबी गर्नुभएको हो । बस्नेतले लेख्नु भएको छ ̎ २ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ। हिजै जेनजी समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम,“केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्।
उनीहरूको उद्देश्य होः महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने । तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ। पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन।
तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझि सकिएको छ। अब सशक्त प्रतिरोध हुनेछ,र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।̎
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,