News by: helpline
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा आगामी फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
एमाले अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको थियो ।
अध्यक्ष ओलीले त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राख्नुभएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीसँगको छलफलका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,