News by: helpline
काठमाडौं । प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो । प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र प्रतिनिधिसभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नु पर्नेछ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्। सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक–एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्।
यस अघि आजै बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख अर्यालले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देश गर्नु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,