News by: helpline
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेसका थप ५७ सांसदले हस्ताक्षर गरेका छन्।
आइतबारसम्म कांग्रेसका ५७ जना सांसदले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर गरेका हुन् । यस अघि कांग्रेसका ७ जना सांसदले पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिसकेका छन् ।
योसँगै कांग्रेसका बिघठित प्रतिनिधि सभाका ६४ जना सांसदले संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका एक कांग्रेस सांसदले जानकारी दिनुभयो । महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मा समर्थक सांसदले भने हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय पक्षका सांसदले हस्ताक्षर नगरेपनि कांग्रेसका बहुमत सांसद प्रतिनिधि सभाको पुनःस्थापनाको पक्षमा उभिएका छन् ।
कांग्रेस, एमाले र अन्य साना दलका सांसदहरुको हस्ताक्षर संकलन गर्दै पुरक निवेदन अदालतमा पेश गर्ने तयारी गरिरहेका छन् ।
बहुमत अर्थात १३८ जना सांसदको हस्ताक्षर सहित ती दलहरु अदालत जान लागेका हुन् ।
अबधि नै नपुगी असंबैधानिक रुपमा संसद बिघठन गरिएकाले लोकतन्त्र जोगाउनका लागि आफूहरु पुनःस्थापनाको पक्षमा उभिएको कांग्रेस सांसदहरुको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,