24th December 2025, Wednesday

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेस सांसदहरु, एमाले र साना दल सहित मिलेर पूरक निबेदन लैजाने

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेसका थप ५७ सांसदले हस्ताक्षर गरेका छन्।

आइतबारसम्म कांग्रेसका ५७ जना सांसदले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर गरेका हुन् । यस अघि कांग्रेसका ७ जना सांसदले पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिसकेका छन् ।

योसँगै कांग्रेसका बिघठित प्रतिनिधि सभाका ६४ जना सांसदले संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका एक कांग्रेस सांसदले जानकारी दिनुभयो । महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मा समर्थक सांसदले भने हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय पक्षका सांसदले हस्ताक्षर नगरेपनि कांग्रेसका बहुमत सांसद प्रतिनिधि सभाको पुनःस्थापनाको पक्षमा उभिएका छन् ।

कांग्रेस, एमाले र अन्य साना दलका सांसदहरुको हस्ताक्षर संकलन गर्दै पुरक निवेदन अदालतमा पेश गर्ने तयारी गरिरहेका छन् ।

बहुमत अर्थात १३८ जना सांसदको हस्ताक्षर सहित ती दलहरु अदालत जान लागेका हुन् ।

अबधि नै नपुगी असंबैधानिक रुपमा संसद बिघठन गरिएकाले लोकतन्त्र जोगाउनका लागि आफूहरु पुनःस्थापनाको पक्षमा उभिएको कांग्रेस सांसदहरुको भनाई छ ।



No ad available.


No ad available.