24th December 2025, Wednesday

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन आयोगमा ८० वटा दल दर्ता

Post Image
4 हप्ता अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म निर्वाचन आयोगमा  ८० वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दर्ता निवेदन दिनुपर्ने कानुनी प्रावधान छ ।

त्यही अनुसार आयोगले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताका लागि  समय निर्धारण गरेको हो । दल दर्ताको समय भोली बुधबारसम्म रहेकाले दर्ता नभएका अरु दल पनि दर्तामा थपिन सक्नेछन् । 



No ad available.


No ad available.