News by: helpline
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ३ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जानकारी दिनुभएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता भट्टराईले निर्वाचनका लागि सरकारसँग कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो ।
आयोगले तीन अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ मात्र खर्च गरेको उहाँले बताउनुभयो। यसबाट राज्यको ढुकुटीमा ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम बचत भएको छ। आयोगले यसपटक केन्द्रिकृत खरिद प्रणालीलाई निरुत्साहित गर्दै ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गर्ने नीति लिएको थियो।
आयोगले १३ प्रकारका जटिल र प्राविधिक सामग्री मात्र केन्द्रबाट खरिद गरेको थियो। यसका साथै सरकारी स्वामित्वका संस्थाहरूसँग समन्वय गरी सामग्री खरिद र ढुवानीमा विशेष सहुलियत प्राप्त गरेकाले पनि खर्च कम गर्न मद्दत पुगेको आयोगले जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक