News by: helpline
काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम शुरु भएको जनाएको छ ।
सोमबार आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका अधिकारीहरुले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर छपाइ भइरहेको प्रत्यक्षतर्फको मतपत्रको कामको निरिक्षण गर्नुभयो । निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई शुरु भएको जानकारी दिनुभयो ।
मतपत्र छाप्ने काम करिव १५ दिनभित्र सम्पन्न हुने उहाँले बताउनुभयो । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ ।
आसन्न निर्वाचनमा प्रयोग हुने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य पनि आजै सकिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,