News by: Helplinekhabar
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ १५ महिला र ५ पुरुष सिफारिस गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय बीपी नगर ललितपुरमा आइतवार दिउसो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारहरु मध्ये दलले प्राप्त गरेको सदस्य संख्याको आधारमा नामहरु छनौट गरी सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ १८ सिट जितेको कांग्रेसले साढे १७ लाख समानुपातिक मत प्राप्त गरी समानुपातिक तर्फ २० सिट प्राप्त गरेको छ । कांग्रेसले आयोगले तोकेको क्लस्टर अर्थात बिभिन्न समुहगत समावेसी प्रतिनिधित्वको आधारमा समानुपातिक तर्फ निर्वाचित हुने २० सदस्यको चयन गरी निर्वाचिन आयोगमा पठाउने निर्णय गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद छन् । संसदमा ३३ प्रतिशत महिला प्रतिधित्व सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यावस्था अनुसार कांग्रेसले २१ महिला सदस्य पुर्याउनु पर्ने छ । त्यसका लागि कांग्रेसले समानुपातिक तर्फ १५ जना महिला उम्मेदवार चयन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसले सबै समावेसी समुहबाट प्रतिनिधित्व हुनेगरी आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र समेत गरेर ५ जना पुरुष सहित कुल २० सदस्यको चयन गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले समानुपातिक तर्फ निर्वाचि सदस्यको नाम टुङ्गो लगाएर आयोगमा सिफारिस गर्ने निर्णय गरिसके पनि सिफरिसमा परेकाहरुको नाम सार्वजनिक गरेको छैन। समावेसी समुहगत त्रुटि भएमा आयोगले सच्याउन समय दिने र सबै प्रकृया पुरा भएपछि आयोगले नै निर्वाचित प्रतिनिधिको नाम सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक