25th February 2026, Wednesday

प्रतिनिधि सभा सदस्य उम्मेद्वारले निर्वाचन क्षेत्र अनुसार २५ लाख देखी ३३ लाख सम्म खर्च गर्न पाउने, आयोगले तोक्यो सिमा

Post Image
1 महिना अगाडी

News by: helpline

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाका हकमा छुट्टाछु्टै खर्च सीमा निर्धारण गरेको छ । जसअनुसार पाँच निर्वाचन क्षेत्रको लागि २५ लाख रुपैया र २६ निर्वाचन क्षेत्रको लागि ३३ लाख रुपैयाको सिमा तोकिएको छ। काठमाडौँको निर्वाचन क्षेत्र नं १, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन्।यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम र २७ लाख रुपैया खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम र २९ लाख रुपैया खर्च गर्न पाउनेछन् । त्यस्तै ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले उम्मेदवारले तोकिएको सिमा भित्र खर्च गर्दा छुट्टै बैकं खाता खोलेर सञ्चालन गर्नुपर्ने र खर्च गर्ने व्यक्ति तोकि तोकिएको जिम्मेवार अधिकारीको नाम सहितको विवरण आयोगमा पठाउनु पर्ने व्यवस्था आयोगलले गरेको छ । उम्मेदवारले तोकिएको हद भित्रै रहेर निर्वाचनमा खर्च गर्नुपर्ने र परिणाम सार्वजनिक भएको ३५ दिन भित्र निर्वाचन आयोगमा खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा छ । सोही व्यवस्था अनुसार आयोगले उम्मेद्वारको खर्चको सिमा निर्धारण गरेको हो ।

No ad available.


No ad available.