News by: helpline
निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागि हुने प्रयोजनका लागि मंसिर १० गते साझँ सम्म १सय ६ दल दर्ता भएका छन् । आयोगले तोकेको अन्तिम दिन र अन्तिम समयसम्म पनि दल दर्ता गर्ने क्रम नसकिए पछि बुधवार आयोगको बैठकले दल दर्ताको समय चार दिन थप गर्ने निर्णय गरेको छ । अब १४ गते सम्म आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागिताको लागि दल दर्ता गर्न पाइने भएको छ ।
निर्वाचन आयोगमा राजनीतिक दल दर्ता भने जहिले सुकै गर्न पाइन्छ । बुधवार साझँसम्म १ सय ३७ राजनीतिक दल आयोगमा दर्ता भइसकेका छन् । आयोगमा निवेदन दिइसकेका करिव २५ राजनीतिक दल भने अझै दर्ता प्रकृयामा रहेको आयोगले जनाएको छ । दर्ता भएका १ सय ३७ दल मध्ये १ सय ६ दलले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि दल दर्ता गरीसकेको र अरु दल पनि दर्ता प्रकृयामै रहेको आयोगले जनाएको छ ।
राजनीतिक दल दर्ताको लागि कम्तिमा २१ सदस्य रहेको केन्द्री समिति/ कमिटी हुनु पर्ने र केन्द्रीय समिति/कमिटीका सदस्यले स्वंम आयोगमा उपस्थित भइ सनाखत गर्नुपर्ने व्यवस्था छ । त्यस्तै अन्य ५ सय जना कुनै राजनीतिक दलमा सदस्य नरहेका व्यक्तिले यस दलको सदस्य हुन समर्थन गरेको हुनु पर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । यसरी समर्थन दिने सदस्यले आ-आफ्नो नजिकको जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नु पर्ने छ ।
निर्वाचन आयोगमा दर्ता भएका दलले निर्वाचनमा सहभागि हुन छुटै दर्ता निवेदन दिने व्यवस्था रहेको छ। आयोगमा दर्ता रहेका र निर्वाचन प्रयोजनका लागि पनि दर्ता भए दलले मात्रै निर्वाचनमा भाग लिन पाउने छन् । निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गरेका तर निर्वाचन प्रयोजनका लागि दर्ता नभएका दल भने निर्वाचनमा सहभागि हुन नपाउने व्यवस्था रहेको आयोगको भनाइ छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,