23rd August 2026, Sunday

पार्टीभित्र सुदृढ एकता आवश्यक: कांग्रेस उपसभापति शर्मा

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समृद्धिको यात्रालाई गति दिन पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताउनु भएको छ ।

शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो ।

पार्टीभित्र देखिएका प्रतिकूलता र भिन्न मतका बीच पनि सबैलाई समेटेर एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो। विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा कांग्रेस अझ बलियो भएर जाने विश्वास व्यक्त गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा सधैँ माथि हुने उल्लेख गर्नुभयो ।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेको प्रसंग उठाउँदै शर्माले यसलाई कसैको हार वा जितको रूपमा हेर्न नहुने बताउनुभयो अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता अपनाउँदै जेठ १६ गते तयार पारिएको सातबुँदे प्रस्ताव जेठ ३१ गते सार्वजनिक गरिएको प्रसंग स्मरण गराउनुभयो ।

 उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को सक्षम नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू पूर्ण दृढ रहेको उल्लेख गर्नुभयो ।



No ad available.


No ad available.