News by: helpline
एजेन्सी । प्रशिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ ।
केही महिनादेखि अस्वस्थ रहेकी भोस्लेको हिजो शनिबार मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो । ७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् ।
उनले २० भाषामा ११ बजार भन्दा बढी गितमा स्वर दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनले १० वर्षको उमेरदेखि गायन क्षेत्रमा पाइला टेकेकी थिइन् र उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् ।
भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,