News by: helpline
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएको छ ।
आज मंगलबार पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएको हो । जेनजी आन्दोलनका क्रममा गत भौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट घाइते हुनुभएका देउवा र उहाँकी पत्नी आरजु राणा देउवा उपचार पछि पहिलो पटक बैठकमा उपस्थित हुनु भएको थियो ।
योसँगै निरन्तर दुइपटक कांग्रेस सभापति बनेर नेतृत्व सम्हाल्नु भएका देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा हुनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार देउवाले अब आफू १५ औं महाधिवेशनमा उम्मेदवार नहुने घोषणा गर्नुभयो ।
पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी तोक्नु भएको छ । ६० वर्ष लामो सक्रिय राजनीतिक जीवनबाट देउवा अब अलग हुनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने