News by: helpline
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत उच्च पदस्थ अधिकारीहरुलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस शहरबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट डिफ्युजन जारी भएको थियो ।
नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेशनले विज्ञप्तिमार्फत जनाएको छ । पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेशनले गराएको छ । उनीमाथि निष्कासन (डिपोर्टेसन) प्रक्रिया सुरु गरिएको पनि बताइएको छ ।
पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको बताउँदै राईसहितको हत्या गर्ने धम्की दिएका थिए । उनका तीन जना साथीहरुलाई समेत काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,