24th February 2026, Tuesday

प्रचारप्रसारका क्रममा भौतिक चिन्ह प्रयोग नगर्न आयोगको निर्देशन

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

 आयोगले आइतबार विज्ञप्ति जारी गर्दै काठ, फलाम वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षामा असर पर्न सक्ने गुनासा प्राप्त भएको जनाएको छ। आयोगका अनुसार कानुनले तोकेको मापदण्डअनुसार मात्र दलको झण्डा र कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न पाइनेछ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले निर्धारण गरेको चिह्न बाहेक अन्य स्वरूपमा चिह्न प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। उल्लङ्घन गरेको पाइएमा आचारसंहिता अनुसार कारबाही हुने आयोगले चेतावनी दिएको छ।

आयोगले सबै दल तथा उम्मेदवारलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह बोकेर हिडेको र त्यसले ध्वनी प्रदुषण गरेको गुनासो मतदाताले गरेपछि आयोगले यस्तो निर्णय गरेको स्रोतको भनाई छ ।



No ad available.


No ad available.