22nd October 2026, Thursday

पोर्चुगलमा भब्य रुपमा तीज मनाइयो

Post Image
1 महिना अगाडी

News by: helpline

दीपक भण्डारी

 लिस्बोन पोर्चुगल । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) को अबसरमा पोर्चुगलको राजधानी लिस्बोनमा बिशेष कार्यक्रम आयोजना गरिएको छ ।

ठकुरी समाज पोर्चुगलले आजयोजना गरेको तीज विशेष सो कार्यक्रमले नेपालीहरुको आपसी भातृत्व र सद्भाव झल्काउन सहयोग पुग्नुका साथै नेपाली संस्कृतिलाई बिदेशमा समेत प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बिश्वास समाजका अध्यक्ष सज्जन हमालले ब्यक्त गर्नुभयो ।

 पोर्चुगलको राजधानीमा रहेको लवलिस्बोन रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली कलाकारहरु श्री कृष्णवम मल्ल , लक्ष्मी मल्ल , सुर्य खड्का लगायतको तीज विशेष सांगितिक  प्रस्तुती रहेको थियो ।सो सांगितिक कार्यक्रम   गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट पीडित नागरिकहरुको  सहयोगार्थ प्रस्तुत गरिएको  र त्यसबाट प्राप्त हुने रकम पीडितहरुलाई सहयोग गरिने पनि  आयोजकले जनाएका छन् । 



No ad available.


No ad available.