14th April 2026, Tuesday

पानी परेपछि बीपी राजमार्गमा सवारी साधन आवागमन बन्द

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विपी राजमार्ग भएर चल्ने सवारी साधन आवागमनमा रोक लगाएको छ ।

काभ्रेको पनौतीको माथिल्लो क्षेत्र र नमोबुद्धलगायतका स्थानमा वर्षा भइरहेकाले तत्कालका लागि राजमार्गमा सवारी सञ्चालन बन्द गरिएको हो । मङ्गलबार साँझ रोसी खोलाको जलाधार क्षेत्रमा ठुलो वर्षा भएकाले खोलामा पानीको सतह बढ्न गएकाले सुरक्षाका लागि सवारी रोक्नुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पानीको सतह बढ्दा राजमार्ग भएर यात्रा गर्ने यात्रु र सवारी साधन जोखिममा पर्न सक्ने भएकाले यो निर्णय लिइएको हो । गत वर्ष असोज दोस्रो साता आएको बाढीका कारण विपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा क्षति पुगेको थियो ।

बाढीले सडक बगाएपछि हाल उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी खोलाकै किनारबाट सवारी साधन सञ्चालन हुँदै आएका छन् ।



No ad available.


No ad available.