News by: helpline
काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । यसै गरी दुर्घटनामा २४ जना घाइते भएका छन् ।
गए राती साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका– ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो। उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ । प्रहरीका अनुसार १७ जनाको दुर्घटना स्थलमा नै मृत्यु भएको हो भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ ।
घाइते तथा मृतकको सनाखत हुन बांकी रहेको पनि प्रहरीले जनाएको छ र ।दुर्घटनाको कारण खुलेको छैन । सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ । राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने