24th December 2025, Wednesday

पोखरा एभेन्जर्सले  जनकपुर बोल्ट्सलाई २५ रनले हरायो 

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं  । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मा पहिलो जित निकालेको छ । 

बिहीबार भएको खेलमा पोखराले साविकको विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व बिद्यालयको  क्रिकेट मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३० रन बनायो ।

विपिन खत्रीले  ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।जनकपुरको लागि वाइर्ने पर्नेले अर्धशतकिय पारी खेले ३८ बलमा ५० रन पूरा गर्दै उनि रिटार हर्ट भएर मैदान बाहिरिए पछि किशोर महतो मैदान प्रवेश गेरेका थिए।

 माज सराकतले १४ बलमा २० रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरेर आउट भए। सन्जय कृष्णमुर्तिले २५, वाइर्ने पर्नेले  बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। जनकपुरलाई कम योगफलमा रोक्नको लागि विपिन खत्रीले चार ओभरमा चार विकेट लिदैँ मात्र १५ रन खर्चिए।

सुमित बर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निशमले विकेट हात परे। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। 

जितसँगै पोखराले पहिलो अंक जोडेको छ। पहिलो खेलम विराटनगर किंग्ससँग पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुरलाई पराजित गरेको हो। यता, जनकपुर तीनमा तीनै हारसहित अंकविहिन छ।



No ad available.


No ad available.