News by: helpline
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाइ हराएर दोसा्रे सिजनको एनपीएलमा सुखद अन्त्य गरेको छ ।
शनिबार भएको खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित निकाल्दै पोखराले सिजनको सुखद अन्त्य गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट रंगशालामा चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
पोखराको जितमा ओपनर एडम रोसिंगटनले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रन बनाए। पहिलो विकेटको लागि उनले अर्जुन साउदसँग मिलेर सय रनको साझेदारी गरेका थिए। यस्तै, अर्जुनले ४३ रन बनाउँदा कप्तान कुशल भर्तेलले १० बलमा ४ रन बनाए। बलिङतर्फ चितवनको लागि रिजन ढकाल र जैबले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए।
कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे। यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए। जितसँगै पोखराले ७ खेलबाट ६ अंक जोड्दै जारी सिजनको एनपिएल सकाएको छ। यता, समान खेलबाट ४ अंक रहेको चितवनले हारबाट प्रतियोगिताको अन्त्य गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने