News by: helpline
काठमाडौं । पाकिस्तानको ८६औँ राष्ट्रिय दिवसको शुभ अवसरमा सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासमा विशेष झण्डोत्तोलन समारोह आयोजना गरिएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले पठाएको शुभकामना सन्देशहरू पढेर सुनाइएको थियो ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो सन्देशमा राष्ट्रिय संकल्पलाई वास्तविकतामा बदल्न एकता र ऐक्यवद्धता सबैभन्दा महत्वपूर्ण तत्व भएको उल्लेख गर्नुभएको छ । उहाँले पाकिस्तान दिवसको अवसरमा विधिको शासन सुनिश्चित गर्ने, लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउने, असमानता हटाउने, महिला सशक्तीकरण गर्ने, अतिबाद र आतंकवाद एवं कट्टरपन्थीलाई निर्मूल पार्ने संकल्प दोहोर्याउनु भयो ।
। यसै गरी पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले आफ्नो सन्देशमा २३ मार्चलाई दक्षिण एसियाको इतिहासकै एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गर्नुभयो ।
शरीफले पाकिस्तान विश्वशान्तिको पक्षधर रहेको बताउँदै दक्षिण एसियाको दिगो शान्ति जम्मू–कश्मीर मुद्दाको न्यायोचित समाधानसँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले सन्देशमा प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै मध्यपूर्वमा जारी हालैको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । यसैगरी उहाँले सन्देशमा पाकिस्तानले क्षेत्रीय स्थिरता, संवाद र पारस्परिक सम्मानमा केन्द्रित सन्तुलित र सक्रिय कूटनीतिलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभएको छ । यस्तै पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सन्देशमा स्वतन्त्र पाकिस्तान निर्माणका लागि पूर्खाहरूले गरेको अथक संघर्ष र त्यागको स्मरण गर्नुभयो । क्षेत्रीय तनावका कारण परेको आर्थिक र राजनीतिक प्रभावलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले फजुल खर्च कटौतीका कदमहरू चालेको उहाँले उल्लेख गर्नुभएको छ ।
राजदूत हाश्मीले नेपालमा रहेका पाकिस्तानी समुदाय र उनीहरूका परिवारलाई बधाई दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई मजबुत बनाउन उनीहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मध्यपूर्वमा जारी द्वन्द्वका कारण निर्दोष मानिसहरूले ज्यान गुमाउनु परेको र पीडा भोग्नुपरेकोमा ऐक्यबद्धता प्रकट गर्दै राजदूत प्रधानमन्त्रीको निर्देशनबमोजिम यस वर्ष पाकिस्तान राष्ट्रिय दिवस स्वागत समारोह आयोजना नगरिने घोषणा गर्नुभएको थियो ।
पाकिस्तानले हरेक वर्ष मार्च २३ मा राष्ट्रिय दिवस मनाउने गर्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,