24th February 2026, Tuesday

पाकिस्तानको इस्लामावादमा विस्फोटमा परी ७० जनाको मृत्यु

Post Image
2 हप्ता अगाडी

News by: helpline

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा परी ७० जनाको ज्यान गएको छ ।

आज शुक्रबार प्रार्थनाको समयमा दिउँसो एक मस्जिदमा भएको विस्फोटमा साढे २ सय जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । स्थानीय प्रहरी प्रवक्ताले शहरका ३ वटा अस्पतालमा आपत्काल घोषणा गरिएको बताएका छन् । साथै घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू खटाइएको उनले बताएका हुन् ।

गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा गृह राज्यमन्त्री तलाल चौधरीले इस्लामाबादको पिम्स अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेको जनाइएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले विस्फोटको निन्दा गर्नुभएको छ । उहाँले विस्फोटमा ज्यान गुमाएकाप्रति दुःख र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसअघि गत नोभेम्बर ११ तारिखमा इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो ।



No ad available.


No ad available.