News by: helpline
काठमाडौं । नेपाल सरकारले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूमध्ये ६ जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको जनाएको छ ।
केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि पर्यटन विभागले हालसम्म कुनै पनि आरोहीको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । विभागले आरोहण टोलीमा रहेका ६ जना नेपालीलाई अझै ‘बेपत्ता’ सूचीमै राखेको छ । उता अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले इन्स्टाग्राममा पोस्ट गर्दै जमिनमा खटिएका उद्धार टोलीले चार वटा शव फेला पारेको बताउनुभएको छ ।
खानका अनुसार फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको छ। बाँकी दुई शवको पहिचान हुन बाँकी रहेको छ। शव फेला परेको पुष्टि भए पनि घटनामा कति आरोहीको मृत्यु भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ। खोजी तथा उद्धार अभियान भने जारी रहेको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक