20th June 2026, Saturday

पाकिस्तानी दूतावासद्वारा नेपालका २ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स’ प्रदान गरिएको हो । सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले देशभरका बिभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रबृत्ति प्रदान गर्नुभएको थियो ।

पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्नाको १५० औं जन्म जयन्तीको अवसरमा दिइएको छात्रबृत्ति यस वर्ष त्रिभुवन विश्वविद्यालय, वन विज्ञान संस्थान, पोखरा क्याम्पसकी प्राप्ति लम्साललाई प्रदान गरिएको छ । छात्रबृत्ति समारोहमा राजदूत हाश्मीले नेपालको शिक्षा क्षेत्रको बिकासमा पाकिस्तानको सधै सहयोग रहने बताउनुभयो ।

उहाँले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको भन्दै यो निरन्तर रहिरहने पनि उल्लेख गर्नुभयो । पाकिस्तानी दूतावासले सन् २०१३ देखि नेपालका जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गर्दै आएको छ । नेपालमा सबैभन्दा सम्मानित विदेशी छात्रवृत्तिमध्ये पाकिस्तानको यो छात्रबृत्ति नेपाली बिद्यार्थिहरुका लागि निकै महत्वपूर्ण रहेको छ ।

 जसले कैयन नेपाली विद्यार्थीहरूलाई शैक्षिक उन्नयनमा सहयोग पुगेको छ ।



No ad available.


No ad available.