15th June 2026, Monday

पाकिस्तानी दूताबासद्वारा नागार्जुनमा ‘निःशुल्क स्वास्थ्य शिविर’ आयोजना

Post Image
19 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तान–नेपाल पूर्व बिद्यार्थी (पीएनएएन) सँगको सहकार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा ‘निःशुल्क स्वास्थ्य शिविर’ आयोजना गरेको छ ।

 शिविरमा मुख्यतया पाकिस्तानबाट चिकित्सा शास्त्रमा स्नातक गरेका डाक्टरहरूले जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायत स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए । सो शिविरका क्रममा १ सय जनाभन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वयंसेवक चिकित्सकहरूले केही बिरामीहरूलाई थप उपचारका लागि ठूला अस्पतालहरूमा रिफर गरेका थिए । शिविरमा आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो । दूतावासले सहयोगका लागि पाकिस्तानमा अध्ययन गरेका पूर्व बिद्यार्थी, स्वयंसेवक चिकित्सकहरू र स्थानीय नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।

सो अवसरमा नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीले नगरपालिकाका बासिन्दाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिदिएकोमा पाकिस्तानी दूतावास र पूर्व बिद्याथीृहरुप्रति आभार प्रकट गर्नुभएको थियो । त्यसैगरी, पूर्व बिद्यार्थीका तर्फबाट पीएनएएन अध्यक्ष डा.दीपक मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र सहयोगका लागि पाकिस्तानी दूतावासको प्रयासको सराहना गर्नुभयो ।

सो अवसरमा पीनानका अध्यक्ष डा.दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी, नागार्जुन नगरपालिका–४ का अध्यक्ष लक्ष्मीराम शर्माका साथै स्थानीय बुद्धिजीवी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।

 



No ad available.


No ad available.