13th June 2026, Saturday

पाकिस्तान नियन्त्रित काश्मिरमा सैनिक हेलिकोप्टर दुर्घटना, २२ सैनिकको मृत्यु

Post Image
1 दिन अगाडी

News by: helpline

एजेन्सी। पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा २२ सैनिकको मृत्यु भएको छ ।

पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्थानीय अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको जनाएको थियो ।

दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानविन समितिलाई आदेश दिइएको पनि आइएसपिआरले भनेको छ । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।



No ad available.


No ad available.