22nd October 2026, Thursday

पाकिस्तानी जनताको साथमा रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ पाकिस्तानी जनताको साथमा रहेको बताउनुभएको छ ।

 पाकिस्तानको तीनदिने भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो । “संयुक्त राष्ट्रसंघ पाकिस्तानी जनताको साथमा छ । विश्वका लागि आवाज उठाएकोमा÷खडा भएकोमा म पाकिस्तानी जनतालाई धन्यवाद दिन्छु,” महासचिव गुटेरेसले भन्नुभएको छ ।

महासचिव गुटेरेस तीनदिने पाकिस्तान भ्रमणको सिलसिलामा अक्टोबर ६ मा इस्लामावाद आइपुग्नु भएको हो । “भिन्न–भिन्न भूमिकाहरूमा रहेर दुई दशकभन्दा बढी समयदेखि मैले पाकिस्तानलाई ऐक्यबद्धता र समाधानको स्रोतका रूपमा देखेको छु,” गुटेरसले भननुभएको छ ।

 पाकिस्तानी जनताको सहनशीलता र उत्तम भविष्य निर्माणप्रतिको उनीहरूको दृढ संकल्पको उहाँले प्रसंशा समेत गर्नुभएको छ ।



No ad available.


No ad available.