News by: helpline
हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो । नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ । विसं २०५१ साल मंसीर १४ देखी २०५२ साल भदौ २७ नौ महिना सरकारको नेतृत्वको गर्नु भएका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई मासिक १ सय रुपैया वृद्धभत्ता दिने घोषणा गरेको थियो । हाल ज्येष्ठ नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउने गरेका छन् । नेपालमा करिव २९ लाख ज्येष्ठ नागरिकहरु रहेको र करिव २६ लाखले कुनै न कुनै सुविधा प्राप्त गरेको ज्येष्ठ नागरिक महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले वताउनु भयो । बाँकी ३ लाखले पेन्सन लगायतको सुविधा पाएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपालमा ३ हजार ज्येष्ठ नागरिकको कोही केही नभएको र नागरिकता समेत नभएकाले राज्यको सुविधाबाट बन्चित रहेको वताउनु भयो । राज्यले वनाएका ऐन कानुन प्रभावकारी कार्यान्वयन हुने र हरेक घरपिरवार र विद्यालयले ज्येष्ठ नागरिकको महत्व बुझाउन सके मात्रै ज्येष्ठ नागरिकले सम्मानित जिवन अध्यक्ष श्रेष्ठ बुझाइ छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने